logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बलिउडका युवा कलाकार राजपुतले आफ्नै अपाटमेन्टमा गरे आ’त्मह’त्या


  • राजनीति
  • आइतबार, जेष्ठ ३२ २०७७

बलिउडका युवा कलाकार सुशान्त शिह राजपुतले आफ्नै अपाटमेन्टमा आ’त्मह’त्या गरेका छन ।

भारतीय सञ्चारमाध्यमका अनुसार राजपुतले मुम्बई बाग्रा स्थित आफु बस्दै आएको आएको अपाटमेन्टमा झु’न्डिएर आ’त्मह’त्या गरेको बताएका छन ।

३४ वर्षिय राजपुतले आखिर किन आ’त्मह’त्या गरेको भन्ने कुराको अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनी ६ महिना अघि देखी डिप्रेसनमा रहदै आएको हुनाले डिप्रेसनकै कारण घटना हुन पुगेको पार्मभिक अनुमान लगाएका छन ।उनको पोस्ट मोर्टम रिपोर्ट आउन बाँकी छ।

उनले पहिलो सिरियल किस एशमे हे मेरा दिल मा अभिनय गरेर फ्लिम क्षेत्रमा प्रवेश गरेका थिए। यसपछी भने उनलाई पवित्र रिस्ताबाट सफलता मिलेको थियो ।

यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अन टोल्ड स्टोरी’, ‘पिके’, ‘सोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए।

उनलाई सबैभन्दा चर्चा दिलाउने फिल्म बनेको थियो धोनीको जीवनीमा आधारित फिल्म । यसमा उनको अभिनयको अहिलेसम्म पनि चर्चा गरिँदै आएको छ।

केहीदिन पहिले उनका पूर्व म्यानेजर दिशा सलियनले घरको छतबाट हामफा’लेर आ’त्मह’त्या गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार