logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चीनमा कोरोनाको ४९ नयाँ संक्रमित फेला


  • एजेन्सी
  • सोमबार, असार १ २०७७

एजेन्सी- चीनमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण लगातार देखिन थालेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको ४९ नयाँ संक्रमित फेला परेको छ । जस मध्ये ३६ संक्रमित बेइजिङमा फेला परेको जनाइएको छ ।

बेइजिङमा लगातार दोस्रो दिनमा पनि संक्रमणको रेकर्ड संख्या रिपोर्ट गरिएको छ । एक दिन अघि, त्यहाँ समान संख्यामा मानिसहरूलाई संक्रमणको खबर आएको थियो। समाचार एजेन्सी एएफपीका अनुसार बेइजिङको हेडियन क्षेत्रको अर्को थोक बजार र आसपासका १० क्षेत्रमा नयाँ संक्रमितहरु फेला पर्दा बजार बन्द गराइएको छ ।

साताको सुरुमा बेइजिङमा संक्रमण भएका नयाँ घटनाहरूको स्रोतलाई खाद्य र पेय पदार्थको ठूलो थोक बजारसँग जोडिएको भेटिएको छ। शिन्फादी भनिने यो बजार बन्द गरिएको छ र वरपरका हजारौं व्यक्तिहरू परीक्षण भइरहेको छ ।

उक्त बजार भ्रमण गरेको र बजारका मानिसहरूसँग कुनै पनि सम्पर्क राखेका व्यक्तिहरुको खोजी कार्य (कन्ट्याक्ट टे«ेसिङ ) तीब्र पारिएको छ । कोरोना महामारी गत वर्ष चीनबाट सुरू भयो, पछिल्लो केही समय यो धेरै हदसम्म नियन्त्रण गरिएको थियो। तरगत हप्ता बेइजिङमा धेरै नयाँ केसहरू प्रकाशमा आएका छन् । अधिकारीहरूका अनुसार बेइजिङसँगैको हेबेई प्रान्तमा पनि तीनवटा नयाँ घटनाहरू रिपोर्ट गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार