logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कराेडभन्दा कमका याेजनामा डाेजर चलाउन प्र’तिब’न्ध


  • राजनीति
  • मंगलबार, असार २ २०७७

एक क’रोडसम्मका परियोजनामा मेसिन प्रयोग गर्न कर्णाली प्रदेश सरकारले प्र’तिब’न्ध लगाएको छ । आगमी बर्ष २०७७/२०७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एक क’रोडसम्मका योजनामा मेसिन प्रयोग गर्न नपाईने बताए ।

गाउँ गाउँमा डोजर आ’तंक फैलिएका बेला कर्णाली प्रदेश सरकारले डोजरजस्ता मेसिन प्रयोगमा प्र’तिब’न्ध लगाएको छ । ठुला योजनामा मेसिनको प्रयोग गर्न पाएपनि साना योजना मानव श्रमबाटै सम्पन्न गराउने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

कोरोना सं’क्रमणका कारण लाखौ कर्णालीबासीले रोजगार गुमाएका छन् । उनीहरुलाई रोजगारी दिन मेसिनमाथी प्र’तिबन्द लगाइएको मन्त्री ज्वालाले बताए । कोरोनापछि भारतलगायत बिभिन्न देशबाट हजारौ नागरिक कर्णालीमा फर्किसकेका छन् ।

रोजगारी गुमाई घरफर्केका कर्णालीबासीलाई रोजगार बनाउन २ अर्ब ५८ करोड रकम विनियोजित गरिएको छ । स्थानीय तह र जनप्रतिनिधि मार्फत यो कार्यक्रम संचालन हुने अर्थमन्त्री ज्वालाले बताए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार