ढोकामा चुकुल नभएका कारण बेन्च राखेर सुत्दै आएकी महिला माथी सामुहिक ब’ला’त्कार भएछ ! ए सरकार यति अव्यवस्थित किन ? कोरोना नियन्त्रणमा ९ अर्व छुट्याउदा समेत ढोकामा चुकुल भएको क्वारेन्टिन बनाउन पैसा पुगेन ?
अव्यवस्थित क्वारेन्टिनका कारण ज्यान गुमाएका, आ’त्मह’त्या गर्न बाध्य भएका, ब’लात्कृ’त भएका , विभिन्न बि’भेद र हिं’सामा परेका सम्पुर्णको जिम्मा सरकारले लिनु पर्दछ । दोषीलाई अविलम्ब हदै सम्मको कारवाही गरियोस।
यो समाजबाट पितृसत्ताको जरा उखालेर नफाले सम्म यस्ता घटना कायमै रहेनछन ।
एस्ता विभिन्न घटनाहरु क्वारेन्टाइनमा भै रहेका छ । कहिले जा’तीय छु’वा’छू’त त कहिले सामुहिक ब’ला’त्कार आखिर के हेरेर बसेको छ ? यो निर्दयी राज्य भनौ या समन्धित प्रदेश सरकार अनि गृह प्रशासन ! अव्यवस्थित क्वारेन्टाइन र अव्यवस्थित स्वस्थ परिक्षणले तेसै पनि कोरोना लाग्ने देखिन्छ अहिले सम्म हेर्दा विभिन्न जिल्लाहरुको यो लाहाचारी पनले गर्दा अकालमै ज्यान गुमानुको अर्को कुनै बिकल्प देखिन्न। कतै आन्दोलित कोरोना पोजेटिभलाई लाट्टी चार्ज त कतै ब’ला’त्कार ! अनि कहाँ गएर ज्यान जोगाउने सरकार ? मान्छेलाई मानव सरह कै व्यबहार गरियोस् ।
हिजो मात्रै कर्णाली प्रदेशको दैलेख जिल्लामा नारायण नगरपालिकामा कोरोना पोजेटिभ भनिएका नागरिकलाई महिना दिन सम्म पनि हस्पिटल नलगी क्वारेन्टाईनमै राखिएको भनी उक्ता व्यक्तिले आन्दोलन गर्दा प्रहरीले आफ्नो बल प्रयोग गर्दै ४ जनालाई घाइते गराएको छ ।यहि हो त कोरोना पोजेटिभ लाई दिने औषधी ।
उता धनगढी , कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक ब”ला”त्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक ब’ला’त्कार भएको भन्दै न्याय मागेकी हुन् । तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो’डफो’ड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी छैन, तर हामी अनुसन्धान गर्दैछौं ।
पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् ।
तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् ।
महिला भएकै कारण कहिले सम्म सुरक्षित महसुस गर्न पाउछिन नेपालि दिदिबहिनी हरुले सरकार ? उता गफाडी प्रधानमन्त्रीले कम्युनिस्ट सरकार भएको बेला कोहि पनि असुरक्षित महसुस गर्नु हुन्न्न भन्दै गफ दिदै ठीक्क छ काम गर्नु ०% छ !
अब क्वारेन्टाइन होइन सरकार ब’लात्का’र घर भनी घोषणा गर होईन भने सम्पूर्ण सुरक्षाको ग्यारेन्टी गर बारम्बार एस्ता घटनाले तिब्र रुप लिदै छ् कोरोनाको छुट्टै डर अनि स्वयंसेवक र स्वास्थकर्मी को छुट्टै कसरी आफुलाई सुरक्षित भएको अनुभुती गर्ने क्वारेन्टाइन भित्र नेपाली दिदीबहिनि हरुले !!
तुफान सिंह कालिकोटे !!