logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सम्पादक विश्वकर्मा र उषाकिरणलाई ३ दिनभित्र उपस्थित गराउन सर्वाेच्चकाे आदेश


  • राजनीति
  • मंगलबार, असार २ २०७७

राजनीति डट कमका सम्पादक तथा अधिकारकर्मी लोकेश विश्वकर्मा र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य उषाकिरण आजादलाई ३ दिनभित्र अदालत उपस्थित गराउन सरकारकाे नाममा आदेश जारी गरेकाे छ ।

जेठ २९ गते त्रिभुवन विश्वविद्यालयमा अध्यानरत विद्यार्थीले आयाेजना गरेकाे रुकुम नरसंहार विरुद्ध सडक कविता बाचनकाे रिपोर्टिङ गर्न पुगेका पत्रकार विश्वकर्मालाइ प्रहरीले किर्तिपुरबाट गिरफ्तार गरेकाे थियोे  ।

आइतबार सर्वाेच्च अदालतमा पत्रकारपक्षबाट उषाकिरणका भाइ उमेश विश्वकर्माले बन्दीप्रतक्षिकरणकाे रिट हालेका थिए । वादीकाे तर्फबाट बहसका लागि वरिष्ठ अधिवक्ता एकराज भण्डारी अधिवक्ता कान्ति ढुंगाना सहित ४ जना छन् । आइतबार अधिवक्ता कान्ति ढुंगानाले बहस गरेका थिए । सर्वोच्च अदालतकाे २नं इजलासमा टेबुल भएकाे थियाे ।

शनिवार रुकुममा मल्ल थरकि एक युवतिसंग प्रेम गरेकै आधारमा दलित युवा नवराज बिक सहित ५ जनाले ज्यान गुमाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार