logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पोखराको एक अस्पतालमा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना पुष्टि


  • आश तमु
  • मंगलबार, असार २ २०७७

आश तमु ,पोखरा- पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत स्याङ्जाको वालिङ घर भएका उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

 

पोखरा– १४ भेडिफारम बस्दै आएका ती वृद्धमा उच्च रक्तचापसँगै युटिआई (पिसाबमा संक्रमण हुने) को समस्या भए पछी २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल भर्ना गराएका थिए ।

उपचाररत वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक तथा स्वासथ्यकर्मीमा समेत त्रास बढेको छ । स्वास्थ्य निर्देशक शर्माले ट्राभल हिस्ट्री नभएका ९० वर्षीय वृद्धमा पनि संक्रमण देखिएकाले गम्भीर केश भएकाले उनको स्रोत र सम्पर्कमा आउने व्यक्तिहरुको खोजी भइरहेको बताए ।

उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा ल्याइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार