logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारत जाँदै गरेकी सरिता गिरीलाई नाकाबाटै फर्काइ दियो नेपाल प्रहरीले ,किन जादैं थिए उनी भारत ?


  • राजनीति
  • मंगलबार, असार २ २०७७

पोखरा – भारततर्फ जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई नाकाबाट फर्काइदिएको छ । सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीका अनुसार उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको बताए ।

चतुर्वेदीले भने ‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर राेकेका हौं’, नेपालखबरसँग कुरा गर्दै एसपी चतुर्वेदीले भने, ‘उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’यो समाचार हामीले नेपाल खबरबाट लिएका छौ ।
सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।

नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी गिरीले आफ्नै पार्टी निर्देशन विपरीत सरकारको संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

भारत माइती भएकी गिरीले पार्टीको ह्विप समेत नमानेपछि अहिले उनलाई जनता समाजवादी पार्टीले पार्टी र सांसदबाट कारबाही गर्ने तयारी गरिरहेको छ।निशान छापमा नेपालको नयाँ नक्सा रख्ने संविधान संशोधन विधेयक पारित भएपछि पनि उनी भारतीय मिडियामा नेपाल सरकारले गलत गरेको प्रतिक्रिया दिँदै आएकी थिइन्।

पार्टीले पार्टी कमिटी र सांसदबाट समेत कारबाही गर्ने तयारी गरिरहेका बेला उनी भारत जान थाल्नुलाई चासोका साथ हेरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार