logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आ’कस्मिक बालुवाटारमा मन्त्रीपरिषदकाे बैठक


  • राजनीति
  • मंगलबार, असार २ २०७७

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नियमित मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको हो।

बैठकमा लकडाउन, कोरोना संक्रमणको बढ्दो समस्यालगायत विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए। नियमित बैठक भएकाले समसामयिक विषयमा छलफल हुने उनको भनाइ छ।

सरकाले असार १ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गरेको छ। यसअघि बसेको मन्त्रिपरिषद् बैठकले साना पसल खुला गर्नेदेखि जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो।

यो निर्णय लगत्तै बजारमा भिडभाड बढेको छ। कोरोना संक्रमितको संख्या दैनिक तीन–चार सयको संख्यामा बढिरहेका बेला लकडाउन खुकुलो भएपछि संक्रमण फैलिने खतरा झन् बढेको भन्दै सरोकारवाला निकायले सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार