राजनीति
कर्णाली – बुधवार थप १८ जनामा कोरोना संक्रमण देखिए सँगै कर्णाली प्रदेशमा संक्रमितहरुको संख्या १ हजार १ सय नाघेको छ ।
आज कर्णाले स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा गरिएको आरटी पिसिआरबाट १४, प्रदेश अस्पतालको आरटी पिसिआर रिपोर्टअनुसार सुर्खेतमा २ र दैलेखमा २ गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा।लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
महाशाखा प्रमुख डा।तिवारीका अनुसार सुर्खेतमा २३७, सल्यानमा १३७, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा आठ, मुगुमा २, हुम्ला र डोल्पामा एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । संक्रमितहरुमा पुरुष १ हजार २२ जना र महिला ८२ जना रहेका छन् । यसै गरे कर्णाली प्रदेशका कूल संक्रमित व्यक्तिहरुमा कोरोना संक्रमण जितेर घर फिर्ताका हुनेको संख्या ४९४ पुगेको छ ।