logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

भारतसँग लडाइपछि चिनकाे आधिकारिक धारणा सार्वजनिक


  • राजनीति
  • बिहिबार, असार ४ २०७७

Chinese President Xi Jinping sits with Britain's Foreign Secretary Philip Hammond (not pictured) after arriving for a four-day state visit at London's Heathrow Airport, on October 19, 2015. Photo: Reuters

चीनको परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि चीन जिम्मेवार नभएको दाबी गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रणरेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गर्दै कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन् ।

मङ्गलवार सार्वजनिक भएको घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भारतीय पक्षले गरिसकेको छ । चिनियाँ सैनिकहरू पनि हताहत भएको भारतको दाबी छ । तर बेइजिङले त्यसबारे केही स्पष्ट पारेको छैन ।

चिनियाँ सेनापट्टि भएको क्षतिबारे सोधिएको प्रश्नमा झाओले सोझो उत्तर नदिई सीमा सुरक्षाका लागि खटिएका टोलीहरूले संयुक्त रूपमा विवाद समाधान गर्न खोजिरहेका तथा भारत-चीन सीमामा समग्रमा स्थिर अवस्था भएको बताए ।

गलवान उपत्यकाको सार्वभौमसत्ता सधैँ चीनसँग भएको दाबी गर्दै झाओले भारतीय सैनिकहरूले सीमासम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएका छन्। तर उनले चीनले सङ्घर्ष नचाहेको बताए । उनले भारत र चीनबीच कूटनीतिक र सैनिक माध्यमबाट कुराकानी भइरहेको जानकारी दिएको चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले ट्विटरमा लेखेको छ। विकट हिमाली क्षेत्रमा भएको भिडन्तमा गोली प्रहार नभएको बुझिएको छ।

तर दुई देशका सैनिकहरू ढुङ्गा, ब्याट र किला गाडिएका लट्ठीहरू प्रयोग गरेर घातक रूपमा भिडेको बताइएको छ। भारत-चीन सीमामा झन्डै ४५ वर्षयता पहिलो पटक सैनिकहरूको ज्यान जानेगरी सङ्घर्ष भएको हो । तर चीनले भारतीय पक्षले चिनियाँ सेनालाई उत्तेजित पार्ने र आक्रमण गर्ने काम गरेको दाबी गरेको छ।

ग्लोबल टाइम्सकाअनुसार झाओले भारतीय सैनिकहरूले दुई चोटि सीमा नाघेर गैरकानुनी गतिविधि गरेको र चिनियाँ पक्षलाई उत्तेजित पारेपछि भिडन्तको स्थिति उत्पन्न भएको मङ्गलवार बताएका थिए ।

जुन ६ मा भएको सहमतिको भारतीय पक्षले उल्लङ्घन गरेको उसको भनाइ छ। भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।

चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ। सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्।

गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार