राजनीति
होमपेज /
कोरोनाबारे प्रधानमन्त्रीको विश्लेषण : साउनमा उच्च, फागुनमा नियन्त्रण
अनलाइनखबर
२०७७ असार ४ गते १५:३६ मा प्रकाशित
0
प्रतिक्रिया
1.2K
SHARES
Facebook
Twitter
Viber
Messenger
४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण साउन अन्त्यतिर पिक (उच्चविन्दु)मा पुग्ने विश्लेषण सुनाएका छन् ।
त्यसपछि बिस्तारै कोरोना संक्रमणको ग्राफ ओरालो लाग्ने भन्दै उनले भने, ‘दशैं तिहार र छठ जस्ता चाडहरू आउँदैछन् । यो चाड सधैं रमाइलो हुन्थ्यो । यसपटक फेरि संक्रमण बढाउँछ भन्ने अवस्था छ । यदि यसले हाम्रो ग्राफ बढाइदियो भने उधो झर्दै गरेको ग्राफ मंसिरमा फेरि अलिकति मास्तिर जान सक्छ ।’
मंसिर अन्त्यबाट ओरालो लाग्ने भन्दै उनले भने, ‘फागुनको महिना सम्भवत: नियन्त्रणको महिना हुन्छ ।’ तर संक्रमितहरूलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्नुपर्ने उनले बताए।