राजनीति
पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राष्ट्रिय सभामा बोल्दै कोरोनाले छोयो भन्ने बित्तिकै मर्छु भन्ने सोचियो भने बाँच्न गाह्रो हुने बताए।
राष्ट्रियसभामा पनि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने पनि उनले सुनाए । राष्ट्रिय सभामा बोल्दै ओली भने ‘उच्च मनोबल राख्नुपर्छ, कोरोना लागिहाल्यो भने पनि लान सक्दैन। त्यो मनोबल राख्नुपर्छ ।‘कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु अब।
अब गएँ म, भन्ठान्यो भनेदेखि त बाँच्न गाह्रो हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’
नेपालीको भान्सामा अदुवा, लसुन, प्याजलगायत औषधिजन्य खानेकुरा भएकोले त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रधानमन्त्रीको तर्क छ।
नेपालीहरुमा असाधारण रोगप्रतिरोधात्मक क्षमता रहेको दाबी गर्दै ओलीले औषधिजन्य सन्तुलित खाना र व्यायाम गर्न पनि आग्रह गरेका छन् ।