logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

लमजुङको चितिमा अविरल वर्षाका कारण घर भत्किदा दुई परिवारका ६ जना घाइते


  • राजनीति
  • शुक्रबार, असार ५ २०७७

पोखरा- लमजुङको चितिमा अविरल वर्षाका कारण घर भत्किदा दुई परिवारका ६ जना घाइते भएको छ ।

लमजुङ वेशीशहर नगरपालिका ११ चितिमा दुई दिन देखी परेको अविरल वर्षाका कारण घर भत्किदा एउटै घरमा बस्दै आएका घरधनी ७० वर्षीय जुद्धबहादुर थापा, उनकी पत्नी किरण थापा साथै सोही घरमै डेरा गरी बस्ने ५३ वर्षीय लुकबहादुर गुरुङ, ४० वर्षीया सुशिला गुरुङ, १९ वर्षीय अमृत गुरुङ र १२ वर्षीया सरस्वती गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताए ।

घाइतेलाई राती ११ बजे तिर प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएका थिए ।

गम्भिर घाइते भएका घरधनी ७० वर्षीय जुद्धबहादुर थापालाई थप उपचारको लागी भन्दै पोखरको मणिपाल अस्पतालमा ल्याइेको छ भने अन्यको सामुदायिक अस्पतालमा नै उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार