logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

गुल्मीमा आरडिटी पोजिटिभ देखिएका एक पुरुषको निधन


  • राजनीति
  • शुक्रबार, असार ५ २०७७

file pic file pic

पोखरा- गुल्मीमा आरडिटी पोजिटिभ देखिएका एक पुरुषको निधन भएको छ ।

छत्रकोट गाउँपालिका ५ खज्र्याङका ६९ वर्षीय पुरुषको बिहिवार साझँ निधन भएको हो ।केही दिन अघि मात्र भारतवाट आएका उनीलाई घर नजिकैको खाली घरलाई क्वारेण्टाइनमा राखिएको थियो ।

पक्षघात रोगबाट पिडित रहेका उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि खाना खान पनि नसकेपछि ट्युब लगाएएर नाकबाट खुवाइएको थियो ।

उनीसँग उनका छोरीज्वाँई पनि रहेका थिए ।आरडिटी पोजेटिभ देखिएपछि उनको स्वाब संकलन गरी पिसिआर्को लागि पठाइएको छ । उनको श’व नउठाइएको र नेपाली सेनाको समुह घटनास्थलमा पुगेको आचार्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार