राजनीति
इलामको माङसेवुङ गाउँपालिका ६ टोड्केमा एउटै रुखको हाँगामा सरोदर देवर भाउजु झु’ण्डिएको अवस्थामा मृ’त फेला परेका छन ।
इलाका प्रहरी कार्यालय मंगलवारेका प्रहरी निरीक्षक राजकिशोर शाहका अनुसार २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राई एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झु’न्डिएको अवस्थामा मृ’त फेला परेका हुन्।
दुवै विवाहित हुन् । दुवै जना बिहीबारबाट हराएका थिए ।पछि गाउँलेहरुले खोज्दा उनीहरुको श’व घरबाट केही परको एउटा रुखमा झु’न्डिएको अवस्थामा फेला पारेका थिए ।
भाउजुको पति रोजगारीका लागि विदेशमा छन्।प्रहरी निरीक्षक साहका अनुसार शुक्रबार बिहान १०–११ बजे स्थानीयले खबर गरेपछि मंगलबारे इलाका प्रहरी कार्यालयबाट उनकै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको हाे।
घटनाको प्रकृति हेर्दा आ’त्मह’त्या नै जस्तो देखिएको तर थप अनुसन्धान भइरहेको उनले बताए।