logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

स्याटेलाइट सेट सहित नेकपा कार्यकर्ता गिरफ्तार


  • राजनीति
  • बुधबार, जेष्ठ २ २०७५

त्रिपुरासुन्दरी नगरपालिका– ३ जीँउ डोल्पा बाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दूइ जना कार्यक्रर्ता पक्राउ परेका छन् । सुर्खेत तातोपानीका नरबहादुर राना र अवलचिङका सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरेको हो । त्रिपुराकोट, जुफाल र दुनैबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उनीहरुलाई प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ l

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको बिरोध गर्दै नेकपाले गत वैशाख ३० गते आव्हान गरेको बन्दको दिन उनीहरुले प्रहरीको स्कटिङमा ढुंगा हानेको प्रहरीले आरोप लगाएको छ । त्यसदिन डोल्पा मुड्केचुला गाउँपालिका–२ घर भएका नेकपाका जिल्ला सदस्य ३६ वर्षीय सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठूलीभेरी नगरपालिकाको– ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर भगाएका थिए । त्यसपछि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

प्रहरीले पक्राउ परेका दुई जनाको सुराकीमा लत्ताकपडा, चन्दा रसिद ठेली, स्याटलाइट फोनजस्तो देखिने एक थान फोन बरामद गरिएको छ । घटनामा संलग्न छ जनामध्ये दुई जना पक्राउ गर्न सफल भए पनि तीन जना फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार