पोखरा-संंयुक्त देशभक्त मोर्चाले एमसिसी खारेजी को माग गर्दै जिल्ला प्रशाशन अगाडी एक घण्टा शान्तिपुर्ण धर्ना दिएका छन ।
असार २ गते पोखराका वरिष्ठ अधिबक्ता तिलक पराजुलीको सयोजकत्वमा गठित संयुक्त देश भक्त मोर्चाले ‘एमसीसी हामीलाई चाहिँदैन,स्वाभिमान बेच्न पाइँदैन’, ‘देशभक्त नेपाली जिन्दावाद, स्वाभिमान बेच्नेहरु खबरदार’, ‘एमसीसी सम्झौता चाहिँदैन, देशलाई युद्धभूमि बनाउन पाइँदैन’ ‘म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नँ, त्यसैले एमसीसी चाहिन्न’, लगायत नाराअंकित प्लेकार्ड बोकेर बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएका हुन् ।
अधिबक्ता तिलक पराजुलीले एमसिसी अन्तकालमा नेपाललाई घुमाउरो पाराले नवउपनिवेशवाद बनाउने र यहाँका जलस्रोतहरु खानीहरु कब्जा गर्ने योजना रहेको भन्दै नेपालको हितमा नरहेको बताए ।
पराजुलीले सम्झौताका बुद्दाहरु नेपालको सविधान भन्दा माथी भएकोले मान्य नहुने भन्दै नेपाली भुमीमा अमेरिकी बुट बजार्न नदिने बताए । यो परियोजना लागु गर्न ओली गुट र प्रतिपक्षका केही नेताहरु सयन्त्रमा लागेको भन्दै नेपाललाई अर्को अफगानिस्तान बनाउन तर्फ लागेको आरोप लगाएका छन।