logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

थप ३३१ जनामा काेराेना संक्रमण


  • राजनीति
  • शनिबार, असार ६ २०७७

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या आठ हजार ६ सय ५ पुगेको हो।

संक्रमितमध्ये ७५६ महिला र सात हजार आठ ४९ जना पुरुष छन्। संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन्। २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ महिला छन्। प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ६९ हजार एक सय ६५ र आरडीटी विधिबाट दुई लाख ५२ हजार दुई सय ४५ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा देशभरका २४ प्रयोगशालामा भएको परीक्षणमा पीसीआर विधिबाट सात हजार चार सय १६ र आरडीटी विधिबाट चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ।

अहिले क्वारेन्टाइनमा एक लाख दुई हजार दुई सय ४५ जनालाई राखिएको छ। मन्त्रालयका अनुसार सात हजार पाँच जनाको आइसोलेसनमा उपचार भइराखेको छ। २२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार