logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रक्तदानमा सक्रिय बन्दै युवाहरु ,पोखरा १० र १५ गरी १०० पोइण्ट रगत संकलन


  • आश तमु
  • शनिबार, असार ६ २०७७

आश तमु पोखरा – कोभिड १९ को महामारीको बेला रगत अभाव हुन नदिन पोखरा वार्ड १०/ १५ का युवाहरु सक्रिय भएका छन ।

यसले गर्दा रक्तदान गर्ने युवाहरुको सङ्ख्या पनि बढ्न थालेको छ । केही वर्ष पहिले रगत दान गरे कमजोर भइन्छ, विभिन्न रोग लाग्छ भन्ने गलत धारणा रहेको स्थानीयवासी युवाहरुमामा विस्तारै चेतनाको स्तर उठ्न थालेपछि रगत दान गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

सामाजिक कार्यमा अग्रसर हुदै आएका युवाहरु अहिले रक्तदान गरी मानविय कार्यमा समेत अघि बढेको छ । पोखरा १५ रेडक्रस सोसाइटीको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ५७ पोइन्ट रगत सङ्कलन गरिएको छ । जसमा अधिकाश युवाहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा सयोजक पुर्ण गुरुङ ( पट्टु) ले कोभिड १९ को महामारीको बेला रगतको अभाव हुन नदिन आकस्मिक रक्तदान आयोजना गरेको बताए । युवाहरुलाई सामाजिक सँगै मानबिय सेवामा समेत अग्रसर गराउनु पर्छ भन्ने मनसायले गरिएको रक्तदानमा साथीभाइहरुले साथ दिएकोमा सफल भएको भन्दै खुसी व्यक्त गरेका छन ।

यसै गरी गत जेठ ३१ गते बिश्व रक्तदान दिबसको अबसरमा रामबजार युथ क्लव र रेडक्रस सोसाइटी १०को सयुक्त खुल्ला रक्तदान कार्यक्रममा ४३ पोइन्ट रगत संकलन गरिएको थियो । रक्तदाताहरुलाई धन्यवाद दिदै क्लवका अध्यक्ष धन बहादुर पुन र कोषाध्यक्ष हुम बहादुर आलेले आभार व्यक्त गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार