राजनीति
डोटी -डोटीको आदर्श गाउँपालिका-७ नुवाघरकी २६ बर्षीया तुलसी थापाको धारामा छोडिएको करेन्ट लागेर ज्यान गएको छ ।
शनिबार मध्यान्ह घरायसी कामबाट थाकेकी थापा नुहाउन भनी धारामा पस्दा ‘ऐय्या’ पनि भन्न नपाएकी स्थानीय बताएका छन ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लका अनुसार क्वारेन्टिनमा बसेर घर फर्किएका व्यक्तिहरु धारामा पानी खान आएको भन्दै स्थानीय १९ बर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार जोडेका रहेछन् । त्यही करेन्ट लागेर तुलसीको ज्यान गयो उनले भने ।
भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण हुनसक्ने र उनीहरु धारामा आए आफूहरुलाई पनि कोरोना सर्ने भन्दै करेन्ट छोडेको किमाडीले स्वीकार गरेका छन् ।
किमाडीलाई ईलाका प्रहरी कार्यालय, आदर्शले नियन्त्रणमा लिएको छ ।मृतकको शवलाई अहिले जिल्ला अस्पताल डोटीमा ल्याइएको छ ।