logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँ सुरौदी खोला तर्ने क्रममा बे’पत्ता भएका युवक पाँच दिनपछि मृ’तावस्थामा फेला


  • रासस
  • शनिबार, असार ६ २०७७

तनहुँ – गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा ब’गाएर बे’पत्ता भएका युवक आज पाँच दिनपछि मृ’तावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले ब’गाएको थियो ।

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा श’व बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । श’व परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ ।

आँप टिप्न जाँदा घाइते

आँप टिप्न जाँदा रुखबाट लडेर शुक्रबार एक जना सख्त घाइते भएका छन् । घिरिङ गाउँपालिका– १ बन्टार निवासी २४ वर्षीय देवबहादुर कुमाल लडेर घाइते भएका हुन् ।

उनको ढाड भाँचिएको र अहिले नयाँ मेडिकल अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार