logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विभिन्‍न स्थानमा पहिरो जाँदा मनाङ जोड्ने एक मात्र बेंसीसहर-चामे सडक पुनः अवरुद्ध


  • रासस
  • सोमबार, असार ८ २०७७

लमजुङ – मनाङ जोड्ने एक मात्र बेंसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिरोबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्‍न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मर्स्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । “सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ,” उनले भने ।

६५ किलोमिटरको बेंसीसहर-चामे कच्ची सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उनको भनाइ छ । सडक कति बेला पुनःसञ्चालन हुने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ । -रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार