logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यी हुन नेकपा स्थायी कमिटीका प्रमुख एजेन्डा


  • राजनीति
  • बुधबार, असार १० २०७७

बैठक माग गरिएको दुई महिनापछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक बसेको छ । बुधबार १२ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

आजको स्थायी कमिटी बैठकका लागि ५ वटा विषय कार्यसूचीमा समावेश गरिएको छ । सुरुमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारबाहीबा बारेमा छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका बारेरमा बैठकमा छलफल गर्ने तयारी भएको छ।

त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने गरी कार्यसूची तयार पारिएको छ । गत १० वैशाखमा स्थाथी कमिटीको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई २० जना स्थायी कमिटी सदस्यहरूले पत्र बुझाएका थिए ।

सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ )४) अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएका थिए।

२५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने भएपनि पटक–पटक बैठक बोलाउँदै स्थगित गर्दै गरिँदै आएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार