राजनीति
file pic
पोखरा – नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार शुक्रबार थप एकजनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो। बिहीबार दाङमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको हो।
अन्दाजी २५/३० वर्षीया महिलालाई अचेत अवस्थामा भेटेर प्रहरीले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो। उनको स्वाब परीक्षण गर्दा शुक्रबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।
उनको परिचय नखुलेको र परिवारको खोजी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अन्दाजी २५/३० वर्षीय महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा भेला परेको र अस्पतालमा लैजाँदा मृत रहेको पुष्टि भएको थियो ।
मृतकको स्वाब संकलन गरी जाँच गर्दा असार १२ गते नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।