logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

स्थायी समिति बैठकमा भीम रावल कड्किएपछि हटाइयो ओली र प्रचण्डको सोफा


  • फडिन्द्र नेपाल
  • शनिबार, असार १३ २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकमा नेताहरुले बैठकमा ‘अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली पटकपटक बैठकमा किन अनुपस्थित हुनुभएको ? भनेर प्रश्न गरेका छन् । फडिन्द्र नेपालले रातोपाटीमा लेखेका छन ।

उनीहरुले प्रधानमन्त्री बैठकमा सहभागी नबन्ने भए बालुवाटारबाट सारेर बैठक पार्टी कार्यालय धुम्बाराहीमा राख्न मागसमेत गरेका छन् । ठक सुरु हुनेवित्तिकै स्थायी समिति सदस्यहरुले ‘प्रधानमन्त्री खै ? किन बैठकमा आउनुभएन ? एउटा जिम्मेवार र देश चलाउने नेताको तरिका यही हो ?’ भन्दै प्रश्न गरेका थिए ।

बैठकमा बसेर जसले नेताहरुको कुरा सुन्नुपर्ने उही नभएपछि उनीहरुले आ’क्रोशित हुँदै भनेका थिए, ‘पार्टी नेताका कुरै नसुन्ने, बैठकमा पनि नआउने, पछि जे मनलाग्यो त्यही निर्णय गर्ने र त्यो निर्णयमा आ’लोचना गरियो भने सरकारको वि’रोध भयो भन्ने ?’ सदस्यहरुको आ’क्रोश थियो ।

त्यति मात्रै होइन उनीहरुले प्रधानमन्त्री बैठकमा नआउने भए बालुवाटारको बैठक धुम्बाराहीमा गर्न मागसमेत गरेका थिए । त्यसक्रममा केही सदस्यहरुले त पार्टी व्यवस्थामा पार्टीका बैठक र छलफल पार्टी कार्यालयहरुमा हुनुपर्नेमा सधैँ बालुवाटारमा बैठक गर्दा राम्रो सन्देश नजानेसमेत बताएका थिए ।

बैठकमा यस्तो आ’क्रोश व्यक्त भए पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिएको बताए । प्रधानमन्त्री अरू नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत जानकारी आयो, श्रेष्ठको भनाइ थियो । ‘समय मिले आउँछु भन्ने सन्देशसमेत पठाएको भए पनि आउनुभएन,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीमाझ भने ।

रावल कड्किएपछि

बैठकस्थलको मञ्चमा पार्टीको झण्डा थिएन । तर पहिला दुई अध्यक्षका लागि ठूला दुईवटा सोफा राखिएका थिए । तर अन्य सचिवालय सदस्यका लागि भने सामान्य कुर्सी राखिएको थियो ।

यो देखेर नेताहरुले नेकपाको राजनीतिक प्रतिवेदनमा सा’मन्तवादका अ’वशे’षहरुलाई अन्त्य गर्ने, सत्तामा भएको बेला अ’हङ्कार, वि’कृति र क – संस्कारमा सजग हुने भनिए पनि यो किन वि’भेद ? भन्दै स्थायी समिति सदस्य भीम रावल कड्किएका थिए ।

‘दुई नेतालाई सोफा र अन्यलाई सामान्य कुर्सी यो वि’भेद किन भन्दै रावल कड्किएपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीले तत्काल दुवै कुर्सी हटाएर सामान्य कुर्सी राखे’, एक स्थायी समिति सदस्यले भने, ‘रावलले त्यसोभन्दा सचिवालयका नेताहरुले ताली बजाएर स्वागत गरेका थिए ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार