राजनीति
पोखरा – गण्डकी प्रदेशमा शनिबार मात्रै कोरोना भाइरसका ८२ नयाँ संक्रमित पुष्टी भएको छ । साझको अपडेटमा ३४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८८८ पुगेको छ । पछिल्लो अपडेटअनुसार बागलुङमा २७, तनहूँमा ६ र पर्वतमा १ गरि ३४ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखराको ल्याबमा गरिएको परिक्षणमा बागलुङ बडीगाडमा ६, बागलुङ नगरपालिकामा १७, काठेखोलामा दुई महिला र दुई पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरि तनहूँको शक्लागण्डकी नगरपालिकामा २ महिला, भानुमा ३ पुरुष, ब्यासमा १ महिला संक्रमित थपिएका छन् । पर्वतको कुश्मा नगरपालिमा पनि स्वास्थ्य निर्देशनालयले एक पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।
प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको परिक्षणमा कर्णाली प्रदेश सल्यान जिल्लाका एक पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।