logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

१४औँ महाधिवेशनको लागी तातियो काँग्रेस , आइतवार पदाधिकारी बैठक


  • राजनीति
  • शनिबार, असार १३ २०७७

पोखरा – पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली काँग्रेसले आइतवार पदाधिकारी बैठक बोलाएको छ ।

१४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिए ।कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार