राजनीति
रौतहट – रौतहटको एक नगरपालिकामा दुई वडाध्यक्ष सहित १४ कर्मचारीमा कोरोना पुष्टी भएको छ ।
भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ ।
कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।