logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

असार १६ सम्मका लागि सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक स्थगित


  • राजनीति
  • शनिबार, असार १३ २०७७

पोखरा – असार १६ गतेसम्मका लागि  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई दिन बैठक स्थगित गरिएको बताए।

‘असार १६ गते विहान ११ बजे पुन: बैठक बस्नेछ,’ प्रवक्ता श्रेष्ठले भने। भोलि मदन जयन्तीमा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र पर्सी १५ असार दहि चिउरा खाने दिन भएकोले अर्को बैठक असार १६ गते बालुवाटारमै बस्ने उनले जानकारी दिए।

शनिबार सीमाबारे स्थायी कमिटीमा छलफल भएको थियो। २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे धारणा राखेको श्रेष्ठले बताए। भूमि फिर्ता ल्याउनुपर्छ भन्नेमा सदस्यहरूले धारणा राखेको उनको भनाइ छ।

असार १६ गते सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुने उनले जानकारी दिए।

शनिबार बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बसेर निस्केका थिए। ‘प्रधानमन्त्रीले स्वास्थ्यस्थिति त्यति अनुकूल नभएको जानकारी दिएर जानुभयो,’ श्रेष्ठले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार