logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु


  • राजनीति
  • सोमबार, असार १५ २०७७

file pic file pic

ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।

अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

ललितपुर- कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताए ।

अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार