logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

संक्रमित संख्या १३ हजार क्रस, आज मात्रै ४७६ थपिए


  • राजनीति
  • सोमबार, असार १५ २०७७

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १३ हजार नाघेको छ । आज ४ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ३६४ पुरुष र ११२ महिला छन् । योसँगै कुल संक्रमित संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमध्ये पुरुष ११ हजार ६ सय ६२ र महिला १५ सय ८६ पुगेको छ ।

हालसम्म २९ जना कोरोना संक्रमितबाट मृ’त्यु भएकामा २३ पुरुष र ६ महिला छन् । देशका सबै जिल्लामा संक्रमित भेटिइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार