logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

गोरखाम जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी


  • राजनीति
  • सोमबार, असार १५ २०७७

गोरखा- जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । आरुघाट गाउँपालिका–४ थुमिस्थित जामुनेका घरधनी गाइने विक, उनको श्रीमती, छोरा र दुई छोरी बिरामी भएको आरुघाट गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर धमलाले बताए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत हाम्रो वडामा पनि भइरहेको छ, त्यहाँ काम गर्न आएको बेला घरमुली गाइनेले च्याउको तरकारी खाएको र असजिलो महसुस भएको सँगैको साथीलाई भनेका रहेछन्, उहाँ केहीबेरमा ढल्नु पनि भएछ,’उनले भने,‘पछि घरमा गएर हेर्दा सबै जना बिरामी परेको पायौं ।’ वाकवाक गर्ने, रिङ्गाटा लाग्ने समस्या उनीहरुमा देखिएको उनले बताए ।

गाउँलेको सहयोगमा पाँचै जनालाई आर्खेत ल्याएर मेडिकलमा सामान्य उपचार गरेर आरुघाट हेल्थ पोष्ट पठाइएको धमलाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार