logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

ट्रम्पलाई तत्काल गिर’फ्तार गर्न वारेन्ट जारी


  • राजनीति
  • मंगलबार, असार १६ २०७७

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गिर’फ्तारका लागि वा’रेन्ट जारी गरेको छ । इरानले ट्रम्पको गिर’फ्तारीका लागि इन्टरपोलसँग सहयोग मागेको छ । इरानको यो कदमलाई जनवरीमा बगदादमा गरिएको ड्रोन हमलासँग जोडिएर हेरिएको छ । जहाँ इरानका कुदस सेनाका प्रमुख कासिम सुलेमानी मा’रिएका थिए ।

इरानले जनवरीमा भएको ड्रोन हमलामा अमेरिकी राष्ट्रपति ट्रम्पसहित ३० जनाको संलग्नता रहेको आ’रोप लगाउँदै आएको छ । सोमबार इरानका एक अधिकारीले उक्त आ’रोपलाई दोहोर्याएका छन् । इरानले यी ३० जनालाई ह’त्या र आ’तंक फैलाएको आ’रोप लगाएको छ भने ट्रम्पलाई प’क्राउ गर्ने प्रयासलाई जारी राख्ने जनाउँदै आएको छ ।

इन्टरपोलले कुनै जवाफ दिएन

फ्रान्सस्थित इन्टरपोलले यो मुद्दामा कुनै जवाफ दिएको छैन । इरानका एक अधिकारी अल्कासिम्हारकाअनुसार इरानले यसअघिनै इन्टरपोलसँग ट्रम्प लगायत बाँकी आरोपीवि’रुद्ध रेड कर्नर नोटिस जारी गर्न अपिल गरेको थियो । यो इन्टरपोलले जारी गर्ने सबैभन्दा ठूलो सूचना हुनेवाला छ । यो आदेश कार्यान्वयन भएमा तत्काल आरो’पीको स्थान पत्ता लगाएर प’क्राउ गर्नुपर्ने हुन्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने सुलेमानीलाई आतंकवादलाई सहयोग गर्दै आएको अ’रोप लगाउँदै आएका छन् । अमेरिकाले गरेको ड्रोन हमलामा सुलेमानी मा’रिएका थिए ।

सुलेमानी मा’रिएलगत्तै राष्ट्रपति ट्रम्पले भनेका थिए– ‘कासिम सुलेमानीको आ’तंकवादी ष’डयन्त्र दिल्लीदेखि लन्डनसम्म फैलिएको थियो । हामीले लक्षित सूची तयार गरिसकेका छौ । हामी आवश्यकताअनुसार प्रत्येक प्रकारका कार्वाही गर्न तयार छौं ।’

सुलेमानीको मृ’त्युलगत्तै इरानका सर्वोच्च नेताले पनि अमेरिकालाई खुल्ला चुनौती दिएका थिए । सर्वोच्च नेता अयातुल्ला अली खमानीले आफुहरु जनरल सुलेमानीको मृ’त्युको बदला लिएरै छाड्ने चेतावनी दिएका थिए । सुलेमानी सन् १९९८ मा इरानी रिभोल्युसनरी गार्डस्को कुदस् सेनाका प्रमुख बनेका थिए । त्यसयता उनी अमेरिकाका लागि तारो बन्दै आएका थिए । जसको अन्त जनवरीमा भएको ड्रोन ह’मलामा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार