पोखरा – पोखरा १० इन्द्रचोक स्थित् जुवाखालबाट कास्की प्रहरीले ३ महिला सहित १० जनालाई पक्राउ गरेको छ । डेराकोठामा बस्ने १ व्यक्तिले सञ्चालन गरेको जुवाखालबाट प्रहरीले १० हजार ७ सय रुपैयाँ र ४ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
साँझ ५ बजे दिलबहादुर केसीको घरमा डेरामा बस्ने स्याङ्जा भिरकोट ७ का ५७ वर्षीय खड्कबहादुर पुनको कोठामा प्रहरीले छापा मारेको हो ।
पक्राउ पर्नेमा डेरावाल पुन सहित ३१ वर्षीय सोभित गुरुङ, १८ वर्षीय दीपेश गुरुङ, ५५ वर्षीय दीपक गुरुङ, ५१ वर्षीय भिम गुरुङ, ५१ वर्षीय गणेश गुरुङ, ५२ वर्षीय प्रेमबहादुर गुरुङ छन् भने, महिलाहरुमा २२ वर्षीय सम्झना गुरुङ, ५७ वर्षीय आइतीमाया गुरुङ र ४२ वर्षीय छिरिङ लामा छन् ।
उनीहरु सबैलाई हिरासतमा राखी जुवातास सम्बन्धी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।