logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रधानमन्त्रीले बोलेको कुरा गम्भीर र मर्यादाविपरीत “चलेन भन्ने थाहा पाउँदापाउँदै किन बस्नु, राजीनामा दिनुस् – वामदेव


  • राजनिती न्युज डेस्क
  • बुधबार, असार १७ २०७७

सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे ।

चलेन भन्ने थाहा पाउँदापाउँदै किन बस्नु, राजीनामा दिनुस्  – वामदेव गौतम

उपाध्यक्ष वामदेव गौतमले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्रीले बोलेको कुरा गम्भीर र मर्यादाविपरीत भएकाले अब जिम्मेवारी त्याग्नुपर्ने बताए । ‘पहिलो कुरा त ओलीजीको त्यो अभिव्यक्तिकै कारण उहाँ नेतृत्वमा बस्नै मिलेन,’ गौतमले भने, ‘दोस्रो तपाईंबाट पार्टी पनि चलेन, सरकार पनि चलेन भन्ने थाहा भइसक्यो । चलेन भन्ने थाहा पाउँदापाउँदै किन बस्नु, राजीनामा दिनुस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार