logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन


  • राजनिती न्युज डेस्क
  • बुधबार, असार १७ २०७७

पोखरा- नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको ६३ वर्षको उमेरमा निधन भएको हो ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

उनी नेपाली कांग्रेसको दशौं महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधि थिइन् । त्यस्तै २०५९ सालदेखि २०७१ साल माघसम्म उनी नेपाल महिला संघ बागलुङको जिल्ला उपसभापतिको जिम्मेवारीमा थिइन् । उनी संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि थिइन् ।

छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार