राजनीति
तनहुँ -भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डु’बेर आज एक युवतीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।
खोलामा पौडी खेल्ने क्रममा डु’बेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु-याएपनि चिकित्सकले मृ’त घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।
साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डु’बेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।
मृ’तकको श’व दमौली अस्पताल ल्याउने तयारी गरिएको छ ।