आजको युग विद्युतिय सञ्चारमाध्यमहरु कम्प्युटर, गुगल, टुइटर, युट्युुुुब, फेसबुक लगायतको उच्चस्तरका सामाजिक सञ्जालहरु सहितको सञ्चार प्रविधिको युग हो । सुचना र सञ्चार प्रविधिको उच्च विकास भएको कारणले पुँजीवादको शोषणको स्वरुप पनि बदलिएको छ। पुँजीवादको आफ्नो पुरानो शोषणको रुप बदलिए पनि पुँजीवाद जनपक्षीय भयो भन्ने चै होइन ।
साम्राज्यवाद विकसित विज्ञान र प्रविधिको आडमा उत्तर साम्राज्यवादमा विकास भएपछि साना र गरिब मुलुकहरुमाथि शोषण र हस्तक्षेप गर्ने शैली र रुपमा परिवर्तन आयो जसका कारण आफ्नो साम्राज्य विस्तार गर्न हातहतियार, उत्पादीत बस्तुको बजार विस्तार गर्न उत्पीडित र साना राष्ट्रहरुलाई आफ्नो स्वार्थ र इच्छा अनुसार चल्न बाध्य बनाउने अन्यथा विभिन्न आरोप लगाउने, युद्ध थोपर्ने र स्रोत साधनको दोहन गर्ने मूल चरित्रमा कत्तिपनि अन्तर आएको छैन बरु सुचना -प्रविधिको विकासले हस्तक्षेप गर्न नयाँ रुपमा अझ सहज बन्न पुगेको छ ।
वर्तमानमा उत्तरसाम्राज्यवादले शोषण ,उत्पिडन र अौपनिवेशीकरणको अझ नयाँ माध्यम र पद्धतिको खोजी गरिरहेको छ । यतिबेला अमेरिकी साम्राज्यवाद उत्पीडित तथा गरिब राष्ट्रहरुमा विभिन्न सहायताकाे नाम मार्फत विकास गरिदिने लोभ देखाएर, देशका केही दलाल नेताहरुलाई किनेर एमसिसि सम्झौतालाई संसदबाट पास गराउन लगाएर, दिर्घकालिन रुपमा आफ्नो सुरक्षा रणनीतिकलाई स्थापित गरेर गरिब र अल्पविकसित देशमा प्रवेश गरेर आफ्नो गुटमा सामेल गराई आफ्नै विशेषताको समाजवादी कम्युनिस्ट देश चिनको आर्थिक विकास र प्रभावलाई रोक्ने र गरिब तथा उत्पिडित राष्ट्रको स्रोत साधन लाई आफ्नो कब्जामा लिएर युद्ध थोपर्न खोजेको देखिन्छ।
नेपालमा पनि युरेनियम ,ग्यास , तामाखानी, तेल, जडिबुटी दोहन गरेर आफ्नो देशमा मुनाफा लैजाने र नेपाललाई ईराक,अफगानिस्तान ,सिरिया जस्तै गरी लडाईको मैदानमा होमेर आफूले बनाएको हतियारलाई बिक्री गरेर पुनः मुनाफा कमाउने खेल हो साथै चिनलाई घेरा हालेर तिब्बतमा विद्रोह गराउने र विश्वमा समाजवादी देश भनी चिनिएका देशहरूलाई असफल भएको घोषणा गर्ने र आफ्नो साम्राज्य कायम गरिराख्ने रणनीतिक चाल हो ।
नेपालमा पनि आर्थिक सहयोगको नाममा राष्ट्रघाति दलालहरुलाई किनेर अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न चाहान्छ । हामीलाई राम्रोसँग थाहा छ कि विश्वमा ठुला लगानीका बहुराष्ट्रिय कम्पनीहरु आर्थिक-सांस्कृतिक शोषणका माध्यम बनेका छन ।अहिले हातहतियारमा गरिएको खर्च, साम्राज्यवादी मुलुकहरुले सैन्यशक्तिका लागि छुट्याइएको बजेटबाट पनि साम्राज्यवादको प्रवृत्तिलाई बुझ्न सघाउ पुग्दछ ।
सुचना प्रविधिको सहयोगमा नवउदारवादी निति अन्तर्गत व्यापारको नाममा भुमण्डलीकरणको निति अख्तियार गरिरहेको अहिलेको उतरसाम्राज्यवादी युग अर्को अर्थमा यु’द्वको भुमण्डलीकरणको युग पनि हो। उत्तरसाम्राज्यवादको बिरुद्ध लड्ने ह’तियार भनेको माक्र्सवाद -लेनिनवाद -माओवाद नै हो। सुचना आतङक , दिग्भ्रमित समाचार वर्तमानमा निगम पुँजीवादको सबभन्दा प्रभावशाली अस्त्र हो ।उत्तरसाम्रज्यबादले आफ्नो राजनीतिक र आर्थिक स्वार्थका लागि सुचना र संञ्चार प्रविधिहरुको सहयोगमा भुमण्डलीकरणकाे नीति अख्तियार गरि विश्वव्यापी रुपमा बिस्तार गरेकोे कुरुप विकृत संस्कृतिको भ्रष्टीकरण नै सांस्कृतिक उतरसाम्राज्यवाद हो।
समाजविरोधी, जनविरोधी, छाडा र अश्लील पाश्चात्य सांस्कृतिक चिन्तनलाई संञ्चार – प्रविधिका माध्यमबाट तेस्रो विश्वका मुलुकहरुमा प्रवाहित गर्ने पद्धति र प्रक्रिया नै सांस्कृतिक उतरसाम्राज्यवादको अहिलेको राजनीतिक उदेश्य हो । हिटलरका संञ्चारमन्त्री तथा सल्लाहकार गोयवल्स लाई नै सांस्कृतिक तथा सुचना साम्राज्यवादका पवर्तक मानिन्छ। कम्प्युटर प्रणाली, सेट्लाईट,गुगल फेसबुक,टुइटर, इमेल,इन्टरनेट लगायतका सञ्चारमाध्यमहरु आदि नै सांस्कृतिक उतरसाम्राज्यवादका उदाउदो स्रोत हुन।
जेयस पिर्टस यसलाई यसरी व्यक्त गर्दछन “शुरुमा यसलाई आधुनिककरण भनियो , पचासको दशकमा यसलाई अमेरिकीकरण भनियो सन् १९६० मा बहुराष्ट्रिय कम्पनीको बिस्तारपछि यसलाई अमेरिकी आधुनिकीकरण भनियो र ७०को दशकमा पुगेपछि यसले सांस्कृतिक साम्राज्यवादको रुप लियो। ७०- ८० को दशकपछि ल्याटिन अमेरिकामा यसलाई कोकाकोलाको संज्ञा दिइयो।´´ सुचना साम्राज्यको माध्यमबाट सांस्कृतिक प्रदुषण संवहन गर्ने कार्यका बारेमा अध्ययन गर्नेहरु यस शब्दको प्रयोग सबैभन्दा पहिले फिनल्यान्डका राष्ट्रपति उरहो मलेवा केककोनेनले गरेका हुन केककोनेनका अनुसार सुचना र समाचार माध्यममा केही एक दुई देश अथवा बहुराष्ट्रिय निगमले एकाधिकार स्थापित गरेको थियो र आफ्ना विचारहरु अरु राष्ट्रमाथि थोपरेर जनताको जीवनसित र सांस्कृतिक पक्षपमाथि खेलबाड गरिरहेका छन ।
यी सञ्चार माध्यमहरुले घरमा मान्छे एकै ठाउँ बसेर घरायसी समस्या समाज र वरिपरिको परिवेशबारे बसेर छलफल गर्ने विचारविमर्श गर्ने वातावरणको हरण गरेका छन । पारिवारिक सौहार्द्रताको स्थान तनाव बेमेल र विखण्डनले लिएको छ । पाश्चात्य संस्कृति र जनविरोधी संञ्चारमाध्यमहरु उत्तरसाम्राज्यवाद तथा साम्राज्यवादी मुलुकहरुलाई अन्नदाता, उत्पीडित राष्ट्रका हितैषी ,मानवअधिकारका हिमायती, मुक्तिदाता आदिका रुपमा प्रस्तुत गर्दछन र ठिक यसका विपरीत यसको विरोध गर्ने खास गरेर कम्युनिस्ट आान्दोलन र नेतृत्व गर्ने नायकहरुलाई भद्दा र विकृत किसिमले प्रस्तुत गर्दै उनिहरुलाई आतङकवादीको संज्ञा दिने गर्दछन । हिंसा र आतंकको माध्यमबाट आफ्नो सम्पुर्ण नीति देशभित्रका जनता र अन्य देशका जनतामा लागु गरेको छ ।
उत्तरसाम्राज्यवादलाई सदैव स्वस्थ रुपमा प्रस्तुत गर्ने संञ्चारमाध्यमहरु नै वर्तमानमा अौपनिबेशिकरण अघिल्लो पङक्तिमा उभिएका सास्कृतिक उत्तरसाम्राज्यवादी माध्यामहरु हुन । सोझा, गरिब,ईमान्दार जनताको मन -मस्तिष्कबाट तर्क विवेक, ज्ञान र चेतनालाई निषेध गरी आवेग ,आक्रोश ,तर्कहीनता ,अराजकता र शुन्यता भर्ने संस्कृतिको विस्तार गरेको छ। विश्वका तेस्रो मुलुकका जनता राष्ट्रिय स्वाधीनताको लडाइँ र आफ्नो संस्कृतिको रक्षा गर्न एकदमै अप्ठ्यारो ठाउमा आईपुगेका छन र राष्ट्रिय ,वर्गिय मुक्ति आन्दोलनमा सहभागि भएका जनतालाई असभ्य हिंसाप्रेमी आतंकवादीको रुपमा प्रस्तुत गर्ने गर्दछन्, जसले हिंसा फैलाएर आफ्ना हातहतियार बेचेर गरिब मुलुकहरुलाई लुटेको छ । तिनै मुलुकले राहत सहयोग बाडेको देखाएर सुचना साम्राज्यमार्फत पुँजीवादी नीति र स्वार्थ पूरा गरिरहेको हुन्छन । यस्ता सञ्चारमध्यमहरुले कुरुपलाई सुन्दर र सुन्दरलाई कुरुप ,यथार्थलाई भ्रम र भ्रमलाई यथार्थ बनाएर आम जनमानसमा प्रस्तुत गर्दछन र दिनको सातपल्ट गोयवल्स शैलीमा प्रस्तुत गर्दै तिनको प्रमाणितकतामा जोड दिन्छ। यो गोयवल्स प्रवृत्तिलाई कमजोर देशका गरिब जनताले मात्र होईन सचेत भनिएकाहरुले पनि यथार्थ ठानी आफूलाई विश्वस्त बनाउदछन्।
आज विश्वभरि पाँचवटा विशेष सञ्चारमाध्यमहरु छन कि -न्युज कर्प , डिज्नी , टाईम , वार्नर , भेकम र टी सी आई सुचना साम्राज्यमा फैलिएकको छ। यी बाहेक प्रतिस्पर्धामा एम.सी.सी.एस.सोनी ,एम , सी. ए पोलिग्राम , हवास र बि.ए.जी जस्ता संञ्चार संस्थाहरु अघि बढिरहेका छन्। दुई सय भन्दा बढी सञ्चारमाध्यमहरुले आजको विश्वको स्थितिलाई नियन्त्रण गरिरहेका छन । यिनको केन्द्र न्युयोर्क , लण्डन ,पेरिस र टोकियो रहेको छ् । कमकास्त, ए बी.सी .सी.बी.एस एन् बी .सी जस्ता संस्थाहरु अमेरिकाले मात्र सञ्चालन गर्दछ ।
अमेरिकी टाईम वार्नरले ४० प्रतिशत नाफा बाहिरबाट कमाउने गर्दछ र यसको विस्तारमा उसले थप योजना तयार पार्दैछ । केही वर्ष अगाडिको अभिलेख हेर्ने हो भने पनि आजको संसारमा तीस हजार भन्दा बढी रेडियो स्टेशन र त्यति नै दुरर्शनकेन्द्र छन् । यी सबै केन्द्रहरु ठुलाठुला ब्यापारीका हातमा छन् । करोडपति सुचना ब्यापारी तथा अमेरिको सुचना एजेन्सीका निर्देशक चाल्स बिक अमेरिको भु.पू. राष्ट्रिपतिका अति निकटतम व्यक्ति रहेको कुराले पनि सञ्चार, व्यापार र राजनीति कसरी जेलिएका छन भन्ने कुरा सहजै अनुभव गर्न सकिन्छ र पाँच दशक यताको रङ्गभेदका कारणले अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि भईरहेको प्रर्दशनसँग जुध्नका लागि अमेरिकाका थुप्रै शहरमा कर्फ्यु लाग्यो र यसै बिचमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक राज्यका प्रहरी प्रमुखले आफ्नो मुख बन्द गर्न चेतावनी दिएका छन । उनले भनेका छन् यदि राष्ट्रपति रचनात्मक बन्न सक्नुहुन्न भने आफ्नो मुख बन्द गर्नुपर्छ। यो भनाइलाई आत्मासातीकरण गर्ने हो भने पुजीवादी सत्ताहरु एकदमै संकटमा छन् भन्ने राम्रोसँग थाहा हुन्छ ।
नागरिकहरु एकदमै समस्यामा छन् र कोभिड-१९ को विश्व महामारीलाई नियन्त्रण गर्नका लागि विश्वका देशहरुले लकडाउन गरेका थिए तर अमेरिकामा भने केही पुँजीपतिहरुको स्वार्थलाई खुशी बनाउनको लागि लकडाउन गरेनन् जसको परिणाम विश्वका अन्य देशभन्दा बढी सर्वसाधारण जनताहरु हताहत हुन पुग्यो । जनताको जीवनमाथि खेलबाड मात्र गरेनन् पुँजीपतिहरुलाई खुशि बनाउन ट्रम्पले हामीलाई केही हुन्न यो भाइरस चिनको मात्र हो जस्तै गरि स्याल हुइयाँ हाल्दै आफ्नो मुखको स्वाद फेर्ने काम गरे जनताको जीउधनलाई सामान्य तरिकाले लिने काम भयो र अब विश्वका जनताले बुझ्नुपर्ने बेला आयो कि पुँजीवादी व्यवस्था त्यस्तोव्यवस्था हो ,जहाँ कानुनी रुपमा जनता स्वतन्त्र देखिन्छन् तर व्यवहारमा उनीहरु विभिन्न जञ्जिरले बाँधिएका हुन्छन । यसबारे कम्युनिस्ट घोषणा पत्रमा उल्लेख छ पुँजीवादी समाजमा पुजीं स्वतन्त्र छ र उसको आफ्नै व्यक्तित्व हुन्छ , श्रमिक भने पराधिन हुन्छ र उसको कुनै व्यक्तित्व हुँदैन यो भनाई लाई आत्मासात गर्ने हो भने जनताको जीवन एकदमै समस्या छ।
पुँजीवाद जनताप्रति उत्तरदायि छैन भन्ने कुरा राम्रोसँग थाहा भएको कुरा नै हो । पुँजीवादीहरुको विकास र समृद्धिबाट प्राप्त वैभवपुर्ण जीवन कुन वर्गका लागि हुँदोरहेछ भन्नेकुरा विश्वभरका श्रमजीवी तथा उत्पीडित जनताले भोग्नुपरेको अकल्पनीय मानवीय संकटको झन खुलमखुल्ला पुष्टि गरिदिएको छ ।
सुख खोजिरहेका विश्वभरका मानिसलाई आकर्षित गरिरहेको अमेरिकामा त्यहाँका श्रमजीवी तथा उत्पीडित जनताले भोगिरहेको आर्थिक , सामाजिक र स्वास्थ्य सम्बन्धि समस्याले अमेरिकी वैभवको कथित उच्च मानवीय सभ्यता कति खोक्रो र पाखण्डी रहेछ भन्ने कुरा दिनको घामझैँ छर्लङ्ग भएको छ । विज्ञान र सुचना प्रविधिको दुरुपयोग गरि सुचनासाम्राज्य मार्फत विश्वबव्यापी लुट र दोहन मच्चाईरहेको उतरसाम्राज्यवादी नितिले जनतालाई सामान्य मास्क र स्वास्थ्य सामाग्रीसम्म उपलब्ध गराउन नसक्दा लाखौ मानिसको ज्यान गुमाइरहेका छन्। के गोरा के काला सबै जनतालाई भारइसको संक्रमण जो कोहीलाई पनि हुन सक्छ । यद्यपि अमेरिकामा अनुपातका हिसाबले सबैभन्दा बढी संक्रमित र मृ’त्यु हुनेमा अफ्रिकी काला मुलका जाति देखिएको छ । यसको मुल कारण गोराहरुको तुलनात्मक रुपमा साधन र स्रोतबाट वञ्चित भएका कारण उनीहरु बढि संक्रमित भएका हुन् ।
नकी विश्वका ठुला ठुला सञ्चार माध्यमहरुले जस्तो पुष्टि गर्न खोजेको नस्ल वा रङ्गको आधारमा होईन यो त पुँजीवादको अपराधलाई ढाकछोप गर्ने गोयवल्स शैली मात्र हो । छालाको रंगकै आधारमा मानिसले भोगिरहेको अमानवीय विभेद र चरम अत्याचार उजागर गर्न पनि नयाँ भविश्य आवश्यक भएको छ । अौपनिवेशिकरण र नरसंहारको इतिहास हेरे हुन्छ शिक्षाले रंगभेद हटाएको छैन, नत्र सोक्रेटसको मृत्युुसंगै रंगभेदबाट मा’रिएकाहरु पनि पाठयक्रममा हुन्थे । कला -संस्कृति सबैको उस्तै हो । कलाको इतिहासमा जिम्बावेको पुराना ढुंगाका मृर्तिहरु र वेन इन्वन्वोका चित्रकलाहरु पाठयक्रममा समावेश गरिन्थ्यो। जातिवादी विभेद मानिसले खडा गरेको मानिसकै समस्या हो यसको समाधान पनि सचेत मान्छेलेनै गर्न सक्छ ।
तर यसका लागि सबैले इतिहासदेखिकै विभेदको भोगाइलाई आत्मसात् गर्न सक्नुपर्छ , महसुस गर्न सक्नुपर्छ जातिवाद रकेट, रसाइन , विज्ञान, प्रचार युद्वजस्तो जटिल बिषय होइन , मानवताको संकट हो । यो पुँजीवादलाई सधै प्रचारयुद्वमा बाचिराख्ने पुँजीवादी सञचालकहरुको कमजोरी हो , असफलता हो । संसारभरिका जनतालाइ लोकतन्त्रको दुहाई दिने अलोकतान्त्रिक पुँजीवादी व्यवस्थाले समनताको बोध नगरेकै कारण निश्चित जातका मानिस मात्र होइन, जीवजन्तु र सिगों पृथ्वीलाई पनि संकटमा धकेलेको छ।
पुँजीवादी चेतनालाई समाजवादी चेतनाले जित्नुपर्छ ,सबैको अधिकारका लागि बैज्ञानिक समाजवादी व्यवस्थाको लागि लड्नुपर्छ । मानवले मानव भएर सम्मानपुर्वक बाँच्न पाउने बातावरण सिर्जना गर्नुपर्दछ तर सन् १९९२ देखि नेपालमा नवउदारवाद प्रवेश गरेपछि राज्यले लगानी गरेका उद्योगहरुलाई निजीकरण गरेर निश्चित व्यक्तिलाई पुँजी आर्जन गर्न दिने काम भएको छ। राष्ट्रिय पुँजीलाई विस्थापित गरेर भएका उधोगहरुलाई निजीकरण गर्नको निम्ति सरकारमा बसेका भ्रष्ट , दलाल नेताहरुले कमिसन खाएर देशलाई परनिर्भर बनाउने काम गरे त्यसको परिणाम आज महामारीबाट ६५ लाखको आसपासमा रहेका श्रमिक भोक , प्यास र रोगले ग्रस्त छन्। निरपेक्ष गरिबीको रेखामुनि रहेका ५४ लाखभन्दा बढि र बहुआयामिक गरिबीमा रहेका लगभ ८४ लाख मानिसको आगामी दिन कति भयावह रहनेछ अहिले कल्पना गर्न सकिदैन , उनीहरुका लागि नेपालको संविधान ०७२ मा उल्लेख गरिएको गाँस , बाँस , कपास , शिक्षा र रोजगारीको व्यवस्था हावाको महल जस्तो भएको छ।
विदेशिएका युवा युवति १५ लाख देखि २५ लाख स्वदेशमा फर्किने विज्ञहरुले अनुमान गरिरहेका छन् । ती स्वदेश फर्कने युवाहरुको व्यवस्थापनको कुनै आधार तयार गरेको छैन । स्वदेशमा भएका नेपाली जनतालाई कोभिड-१९ को महामारीमा सामाजिक दलाल पुँजीवादी सत्ताले राहातको नाममा पाच केजि चामल , एक केजि दाल , एक पोका नुन बाडेको गोवयल्सहरुले सुचनासाम्राज्यलाई प्रयोग गरेर गरिब जनतालाई आँखामा कालोपर्दा झुन्डाउने काम गरिरहेका छन । अर्को तिर सुचनासाम्राज्यमा लगानी गरेर क्रान्तिकारी पार्टी र क्रा’न्तिकारीहरुकाविरुद्ध विभिन्न क्षेत्रमा आफ्ना खुफियाहरु प्रयोग गरेर दमन गरिरहेका छन् ।
दलाल पुँजीवादी सत्ताको संरक्षणमा केही पत्रकारिताको क्षेत्रमा घुसेका घुसपैठियाहरु एजेन्टका पनि एजेन्टहरु विभिन्न देशका दुतावास सरकारबाट मासिक तलब खाएर परिचालित खुफियाहरु क्रा’न्तिविरोधी आधारहीन तथ्यहीन, भ्रमपुर्ण र अनावश्यक प्रचारबाजी गरेर आफ्नो मालिकलाई खुसि बनाउँदै विश्वभरिका श्रमजीवी जनताको विरुद्ध विषवमन गरिरहेको छ । यद्यपि केही सञ्चारमाध्यमहरुले क्रान्तिका पक्षमा प्रचार सहयोग गरेको विषय पनि उल्लेखनीय छ। निश्कर्षमा, सुचना प्रविधिको दुरुपयोग गरेर उत्तरसाम्राज्यवादले गरिरहेको सम्पूर्ण शोषण र उत्पिडनको समस्याकाे समाधान सुुुुचना र प्रबिधिलाई जनपक्षिय रुपमा विकास र उपयोग गरि मार्क्सवाद – लेनिनवाद-माओवादको आलोकमा गरिने क्रा’न्ति फेरि पनि क्रा’न्तिबाट मात्र सम्भव छ ।
लेखक लोकेन्द्र बिश्वकर्मा ‘सुजन’ बिद्रोही नेकपाका युवा नेता हुन ।