logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरामा दर्के भारी झरीमा “आइएम विथ केपी ओली”


  • आश तमु
  • शुक्रबार, असार १९ २०७७

आश तमु  ,पोखरा –  प्रधानमन्त्री केपी ओलीको समर्थकमा पोखरामा पनि प्रदशन भएको छ। बिहिवार साझ देखी शुक्रवार बिहान परेको निरन्तर झरीको बीचमा पनि प्रम ओलीको समर्थनमा कार्यकर्ताले नारा जुलुस सहित प्रदशन गरेको हो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग भइरहेकाे बेला केही कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको समर्थनमा पोखरामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रदर्शनकारीहरुले नारा लगाएका छन् ।

पोखराको व्यस्त बजार मानवाधिकार चोकबाट निस्केको र्याली चिप्लेढुङगामापुगी कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागिले आजलाई हैन भोलिलाई, पाँच वर्ष ओलीलाई ,नागरिकता विधेयक पारित गर, विदेशी हस्तक्षेप बन्द गर ,केपी ओली जिन्दावाद जस्ता नारा लगाएका थिए ।

यो पनि हेर्नुस……..

आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई ओलीको निर्देशन

पोखरा – अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिउ पर्छ भन्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएको छ।

बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। ओलीको भनाई उद्दृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने।

ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ।

सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेकाे र त्यो प्रवृत्ति पार्टीमा पनि देखिएकाे भन्दै यसको भण्डारफोर गर्न आग्रह गरेका थिए।प्रधानमन्त्री ओलीले राति १० बजेसम्म उनीहरुलाई ब्रिफिङ गरेका थिए। यसैबीच, प्रधानमन्त्रीको समर्थनमा आज बिहान ८ बजे भक्तपुर र पोखरामा प्रदर्शन भएको छ भने मध्यान्ह १२ बजे पनि युवा र विद्यार्थीले प्रदर्शन गर्ने तयारी गरेका छन्।

यो समाचार हामीले नेपाल लाइभबाट साभार गरेका हौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार