राजनीति
b:tfj]hdf x:tfIf/k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ g]skf-Pdfn]_sf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / g]skf-dfcf]jfbL s]Gb|_sf cWoIf k'ik sdn bfxfn b'O{ kf6L{ Pstf;DaGwL b:tfj]hdf x:tfIf/ ug'{x'Fb} . tl:a/M gjLg kf}8]n, /f;;
सत्तारुढ दल नेकपा भित्रको विवाद चर्किरहँदा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता जारी छ।
भेटमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी भएको स्रोतले जनाएको हो। पौडेल तत्कालीन एमालेको तर्फबाट साक्षीको रुपमा हस्ताक्षर गरेका थिए भने र शर्माले तत्कालिन माओवादी केन्द्रबाट हस्ताक्षरका साक्षी हुन्। पौडेल र शर्मा पनि सहभागी भएपछि यो भेटलाई निकै महत्वका साथ हेरिएको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए। जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।
जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।