logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रम ओलीको बचाउमा बुटवल र चितवनमा प्रदशन, सहभागी धेरैजसो ओली समूहका


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार १९ २०७७

बुटवल/ चितवन-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्किएपछि ओलीको बचाउमा बुटवलमा र चितवनमा प्रदशन भएको छ ।

(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा युवा तथा विद्यार्थीका नाममा भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलाे संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।यसैगरी मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा मिलनचोकमा शुक्रबार दिउँसो साढे ४ बजे प्रदर्शन भएको हो ।

दर्शकका सहभागी धेरैजसो नेकपाभित्रको ओली समूहका थिए । कतिपय वडा तहका जनप्रतिनिधि पनि प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार