logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

पत्रकारहरुको पेशागत सुरक्षाको माग गर्दै प्रदर्शन

मा


  • राजनीति
  • शुक्रबार, असार १९ २०७७

नेपाल पत्रकार महासंघले शुक्रबार कोरोना माहामारीमा समस्यामा परेका पत्रकारहरुको पेशागत सुरक्षाको माग गर्दै प्रदर्शन गरेको छ ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोनाका कारण देखाउदै मिडिया सञ्चालकहरुले पत्रकारिता गरी बाँच्न पाउने पत्रकारको अधिकार खोसेको बताउदै आचार्यले पत्रकारलाई जागिरबाट निस्काशन गर्ने, बेतलबी बिदामा राख्ने गरेको भन्दै ती समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चार गृहको अनुगमन गरी निश्कासित पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताए ।

पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा मिडिया सञ्चालकले श्रमिकलाई शोषण गर्न नपाउने बताए ।

‘यदि सञ्चारलाई व्यवसाय वा उद्यम मान्ने हो भने नाफा हुँदा नाफा लिने र घाटा हुँदा ब्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्छ’ उनले भने ‘प्रेस स्वतन्त्रतामा योगदान गरेका नाममा श्रमिकलाई शोषण गर्न पाइदैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार