logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

ब्रेकिङ्ग… सरिता गिरी पार्टीबाट निष्कासित


  • राजनीति
  • मंगलबार, असार २३ २०७७

जनता समाजवादी पार्टीले सांसद सरिता गिरिलाई पार्टीबाट निष्काशित गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले सांसद गिरीलाई पार्टीबाट निकाल्ने निर्णय गरेको मोहम्मद इतियाक राईले जानकारी दिए।

नेता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय समाजवादी पार्टीले गरेको हो। यो विषय संसदलाई जानकारी दिने निर्णय पार्टीले गरेको छ।

असार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरेपनि उनले स्पष्टीकरण दिएकी थिइनन्।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्।

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास गर्‍यो। जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्।

गिरीले दर्ता गराएको संशोधन प्रस्तावलाई उनको पार्टी संघीय समाजवदी पार्टीलेसमेत समर्थन गरेन। यतिमात्र होइन, संशोधन फिर्ता नलिए कारबाही गर्नेसम्मको चेतवनी पार्टीले थियो। तर, उनी अन्तिम समयसम्म पनि पछि हटिनन्। अधिल्लो शनिबार संघीय संसदको प्रतिनिधिसभामा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदै थियो।

सांसद गिरीले आफ्नो प्रस्तावमाथि बोल्न खोजिन्। तर, अन्य सांसदले होहल्ला गर्न थालेपछि सभामुखले उनको संशोधन प्रस्ताव खारेज भएको बताए। त्यसपछि संसदबाट उनी बाहिरिइन्।

सांसद गिरी भारतको विहार प्रदेशस्थित हाजीपुर–सोनपुल जिल्लामा जन्मिएकी हुन्। उनी भारतमै हुर्किइन् हुन्। उनले आइएस्सीसम्मको अध्ययन भारतमै गरेकी थिइन्।

२०६३ सालमा सांसद गिरीको विवाह नेपालमा भयो। विवाह उनी विहारबाट नेपालको लहान जिल्लास्थित बस्तीपुरमा आएकी हन्। २०४६ सालको आन्दोलनका ताका गिरी नेपाली कांग्रेस पार्टीमा आवद्ध थिइन्। त्यसपछि उनी नेपाल सद्धभावना पार्टीको सदस्य भइन्। २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपालिक सांसद बनेकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार