logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एकताका लागि पछाडि फर्किने पुल भत्काएर आए अब नयाँ पार्टीमा पूरानो पार्टी खोजेर पाइदैन – प्रचण्ड


  • राजनीति
  • बिहिबार, जेष्ठ ३ २०७५

काठमाडौं– बिहिबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निष्टालाई आत्मसाथ गरेर आफूहरु अघि बढेको बताएका छन् ।

उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।

प्रचण्डले एकताका लागि पछाडि फर्किने पुल भत्काएर आएको कुरा राख्दै कपिपयले पार्टी एकताको विषयमा आशंका व्यक्त गरेको स्मरण गर्दै प्रचण्डले ती आशंकालाई अहिलेको अवस्थासम्म आइपुगेको पनि प्रचण्डले बताए ।  उनले एकतामा साथ दिने आम कार्यकर्तालाई बधाई दिँदै आफूहरुको संकल्प पूरा भएको पनि बताए । उनले आम जनभावनाअनुसार एमाले र माओवादी एकजुट भएको पनि बताए ।

जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो । उनले आफ्नो जीवन निरन्तरतालाई क्रमभंगता गर्ने भएको पनि बताए । उनले अब नयाँ पार्टीमा पूरानो पार्टी खोजेर नपाइने पनि बताए । जाँदाजाँदै प्रचण्डले युवा पुस्ताले अब सयौं वर्ष नबिर्सने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार