logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कोरानाबाट बच्न सुनको मास्क, हेर्नुस मुल्य कति ?


  • एजेन्सी
  • शुक्रबार, असार २६ २०७७

कोरोनाभाइरसको महामारीका बीचमा केही रोचक घटनाहर पनि भइरहेका छन् । केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यही बिचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ ।

समाचार एजेन्सी एएनआइका अनुसार यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् । उनलाई गोल्डेन म्यान भनेर पनि चिनिन्छ । सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छन् ।

शंकरले अहिले बनाएको मास्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भारतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् ।

शंकरका अनुसार यो मास्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नहोस् । यद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा आफू नै विश्वस्त नभएको उनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार