logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

पहिरो जादाँ लमजुङमा एकै परिवारका तीन जनाको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार २६ २०७७

विहिवार राती देखी परेको अविरल वर्षाका कारण पहिरो जादाँ लमजुङमा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ। यसै गरी ३ जना घाइते भएका छन ।

बेसीसहर नगरपालिका ७ सातबीसमा गएराति ११ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा सेवाङ तामाङको मृ’त्यु भएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए।

राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएकाे थियो।

“भिरालो जमिनमा घर भएको कारण पहिरो गएको छ” उनले भने “राती सबै परिवार खाना खाएर सुतेपछी राती ११ बजे एक्कासी घर माथीबाट आएको पहिरोले पुरिएको हो ।राति १२ बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले पहिरोबाट तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएकाे थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृ’त घोषणा गरेका हुन्’, डिएसपी थापाले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार