विहिवार राती देखी परेको अविरल वर्षाका कारण लेखनाथस्थित इलाका प्रहरी कार्यालय डाँडाकोनाक चौकी डुबानमा परेको छ । वर्षासँगै मिसिएको डाँडाका मूलहरुले बनेको भल नजिकैको नालाले थेग्न नसक्दा चौकी जलमग्न भएको हो ।
गुनासो कक्ष, मुद्दा शाखा, क्यान्टिन, शौचालय, पार्किङ सहितका क्षेत्रहरु पानीले डुबाएको थियो । २ तले भवनमा तल्लो तला डुबानमा परेपछि माथिल्लो तलामा सामानहरु सारिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।