logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दीमा पहिरो र बाढीमा परी २७ को निधन,अझै ४ जना वेपत्ता


  • राजनिती न्युज डेस्क
  • आइतबार, असार २८ २०७७

बेनी- शुकवार देखी परेको अविरल भारी वर्षापछी म्याग्दीमा आएको पहिरो र बाढीमा परी २७ जनाको निधन भएको छ भने ११ जना घाइते भएका छन । यसै गरी अझै ४ जना वेपत्ता छन।

घाइतेहरुलाई हेलिकप्टर मार्फत उद्दार गरी पोखरा काठमाण्डौ र बेनीका अस्पतालमा थप उपचारका लागी पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक डाक्टर चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार हालसम्म पहिरोमा परी मालिकाकी विष्णु पौडेल, उनकी ४ वर्षीया छोरी ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली, सन्दीप नेपाली, वीरबहादुर नेपाली र वीरबहादुरको ३ महिनाकी छोरी निशाको मृत्यु भएको छ ।

उता, धवलागिरी गाउँपालिका वडा ६, मराङगमा पहिरो परी १८ जनाको मृत्यु भएको छ । स्थानीय सुकना लामगादे, तुलबहादुर क्षेत्री, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र प्रकाश केसी (जनिमा केसीका १८ वर्षे छोरा) ले ज्यान गुमाएका छन् ।यस्तै, सोही ठाउँकी ३३ वर्षकी हीरामति जुग्जाली, ७ की करिष्मा जुग्जाली, ५ की कञ्चन जुग्जाली, ५५ की गौसरा जुग्जाली, २० की दीमा जुग्जाली, ४ वर्षीया दीप्ति जुग्जाली, १ की दिवान जुग्जालीको पनि मृत्यु भएको छ ।

जिल्लाको मालिकाको बिम, मुरवाङ, दुलेमा तथा मराङको मराङ, कल्लेनी, राम्चे र रिखमा पहिरो गएको हो । पहिरोमा बेपत्ता भएका बीमकी एलिसा केसी, मालिका ६ बस्ने अ। ४१ वर्षकी गीता रोका (खोलाले बगाएको), कल्लेनीकी ५१ वर्षीया जनिमा केसी, वर्ष १६ का सविन पुनको खोजी कार्य जारी छ ।

मराङ्को पहिरोमा बेपत्ता भनिएका धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षीया ऋतुकुमारी जुग्जाली, अन्दाजी ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएको प्रहरीले जनायो ।

पहिरोमा परी १२ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मालिका ७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी ६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली, वर्ष ७ का सफल श्रीपाली र मालिका ७ ताकमकी ६७ की सतदेवी बिटालुको उपचार भइरहको छ ।

उनीहरुको प्रभू हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो । गर्भवतीसमेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ । मालिका ६ का बालसिंह रोकाको काठमाडौंको मेडिसिटीमा उपचार भइरहेको छ । यस्तै, धवलागिरी ६, रिखका १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ का कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ का धनबहादुर जुग्जाली, वर्ष ८७ की गौतमी सुनार, वर्ष २२ का दीपक श्रीपाली, वर्ष ७२ का हरि बिटाजु घाइते छन् । उनीहरु बेनी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।यता, रघुगंगा गाउँपालिका ठाडाखानी बस्ने ५० का नलीमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ ।

शनिबार साँझसम्म ८ सय ९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जसमा धवलागिरीका ५ सय ९०, मालिकाका १ सय ९६ रघुगंगाका ७५ जना र बेनी नगरपालिकाका ५५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार