logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तपाईँको मोबाइलमा यस्तो एसएमएस आउन सक्छ, सचेत रहनुहोस्


  • राजनीति
  • सोमबार, असार २९ २०७७

‘हाम्रो रेकर्डअनुसार तपाई कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनुभएकाले तपाई आफैलाई क्वारेन्टिन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ । कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’

केही समययता अपरिचित व्यक्तिले यस्ता एसएमएसहरु व्यापकरुपमा पठाउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यस्ता झू’ठो र ग’लत सूचना दिई जनमानसमा आ’तंक मच्चाइरहेको पाएपछि ब्यूरोले अनुसन्धान सुरु गरेको थापाले बताए ।

ब्यूरोले ‘दण्डहिनताविरु’द्ध सीआईबीको अभियान’ सञ्चालन गर्दै यस्ता गलत सन्देशबाट बच्न ध्यानाकर्षण गराएको ब्यूरोका प्रवक्ता तथा एसपी बेलबहादुर पाण्डेले बताए । ‘पिटुपी अर्थात पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग गरेर पठाइने गरेको पाण्डेको भनाइ छ ।

प्रविधिको प्रयोग गरिने यस्तो काम आ’पराधिक मनोवृत्तिका मानिसले दु’रुपयोग गरी सर्वसाधारणलाई हानी नो’क्सानी पु‍र्याउन सक्ने भन्दै सीआईबीले सचेत हुन समेत आग्रह गरेको छ ।

प्रहरीको ५ बुँदे सुझाव
१. पिटुपी अर्थात एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुन सक्ने भएकाले मोबाइल प्रयोगकर्ताले साव’धानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बेवास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस् । २. वित्तिय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस् । ३. एसएमएसमार्फत प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् । ४. एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सा’वधान रहनुहोस् । ५. झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार