नेपालमा यतिबेला असारे बिकासको काम धमाधम चलिरहेको छ।आर्थिक बर्षको अन्तिम असारको महिनामा रातदिन लगाएर काम सम्पन गरेको देखाउने र विल भरपाई मिलाएर पैशा निकासा गर्ने चलन नयाँ होईन।
विगतको निरंकुश सामान्ति व्यवस्थामा झै कथित लोकतान्त्रिक गणतन्त्रमा पनि केन्द्र ,प्रदेश र स्थानिय सरकारले असारे विकासलाई निरन्तरता दिईरहेको छ। गाउ र शहरमा यतिबेला सडक,शिक्षा,सिचाई,खानेपानी र अन्य विकाश निर्माणका कामहरु शुरु गरिएको छ। विकास निर्माणको नाममा राज्यको स्रोत साधनहरुमाथि लुट मचाउने काम भएको छ। केपिको सामाजिक दलाल सरकारले प्रधानमन्त्री,मुख्य मन्त्री रोजगार कार्यक्रमको नाममा आफ्नो पार्टीका नेता कार्यकर्ताका नातागोता र आसेपासेलाई रोजगारी दिने काम गरेको छ। अधिकाँश श्रमिक जनताहरु वेरोजगार रहनु पर्ने अवस्था छ। केपिको सामाजिक दलाल सरकारले दलाल पुँजीपती वर्गलाई फाईदा पुग्ने गरी वजेट ल्याएको छ। चालु आर्थिक बर्ष २०७६/०७७ को योजनामा कोरोना ब्यवस्थापन र राहतको नाममा करौडौ भ्रस्टाचार गरेको छ। राज्यको ढुकुटीमा केहि मुठीभर दलालहरुले रजाई गरेका छन्।राज्यको ढुकुटी रित्याएका छन्।
राज्यको तल्लो तह वार्ड देखि प्रदेश,केन्द्र सम्मका सम्पुर्ण आर्थिक योजनाका कामहरु आफ्नो नजिकको ठेकेदारलाई दिने र कमिसन कुम्लाउने खेल भईरहेको छ।स्थानिय तहहरुका कथित जनप्रतिनिधिहरु सम्पुर्ण योजनाका उपभोक्ता समितिहरुमा आफ्नो पार्टी,नातागोता र दलाललाई सेटिङ गर्ने र आर्थिक लाभ लिने काममा ब्यस्त भएका छन्। यतिमात्र होइन असारे बिकासको नाममा गाउँगाँउमा डोजर आतंक छ।बिकास नाममा बिनाश भएको छ।विकासको नाममा जथाभाबी खनिएका सडकहरुको कारण वनजँगलको बिनाश ,वाढीपहिरोको समस्या र कतिपय ठाँउमा जनताको उत्पादन योग्य जमिन र वस्ने घरमा पनि क्षति पुगेको छ।डोजरको प्रयोगले स्थानिय जनताहरुको रोजगारी खोसिएको छ। स्थानिय तहका जनप्रतिनिधिहरु कमिसनको लोभमा डोजरको प्रयोग गर्न तयार हुन्छन।
असारको महिनामा किसानहरु आफ्नो खेतवारीमा काममा सक्रिय भएका छन्। किसानहरुको खेतवारीमा अमेरिकन फौजी किरा र सलह किराले क्षति पु्र्याएको छ।वर्षातको मौसम भएकाले अबिरल वर्षाको कारण बाढी,पहिरोले मानवीय र भौतिक क्षति वढीरहेको छ।कोरोनाको कहर जारी नै छ।कोरोनाका कारण रोजगार बिहिन हुनु परेको पिढा पनि छदै छ।किसानहरु र मजदुरहरुहरु यसरी एकपछि अर्को विपत्ती सँग लडिरहेका छन्। उता दलाल राज्यका भ्रस्ट राजनितिक पार्टीका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु,ठेकेदारहरु र उपभोक्ता समितिका अध्यक्षहरु शहर, सदरमुकाम र राजधनीमा केन्द्रित भएका छन्।असारे बिकासको काम सम्पन भएको प्रतिबेदन र बिल भरपाई मिलाउने चटारोमा जुटेका छन्। सामाजिक दलाल केपि सरकारले समाजवाद उन्मुख बजेट ल्याएको घोषणा गरे पनि दलाल पुजिपति वर्ग,पार्टी,नातागोता र आसेपासेलाई फाइदा पुग्ने निति लागु गरिरहेको कुरा असारे बिकास र सरकारका गतिबिधिहरुबाट घाम झै छर्लङ भएको छ।उत्पिडित जनताहरु राज्यको सेवा सुबिधा नपाएर छट्पटाई रहेका छन्। अत जनताहरु केपिको सामाजिक दलाल सरकारवाट खुशि होईन दुखी भएका छन्। बिकासको नाममा बिनाश र समृदीको नाममा देशलाई कङाल बनाउने गतिबिधिहरु कथित दुई तिहाईको कम्युनिस्ट नेतृत्वको सरकारले गरिरहेको छ।
कोरोना माहामारी,भ्रस्टाचार,भोकमारी,वाढी पहिरो,काला वजारी,महङी र सलह फौजी किराले वालीनालीमा पुर्याएको क्षतिका कारण नेपाली जनताहरु पिडित भएका छन्। कथित सरकारी नेकपाका नेताहरु भने पद र कुर्सीको लडाईमा केन्द्रित छन्। सरकारी नेकपाको झगडा बिचार, सिदान्त र कार्यदिशाको वारेमा होईन गुट उपगुटको भागबन्डा नमिलेर भएको हो। यसरी सरकारी नेकपाको शिर्ष नेतृत्व पदको लडाईमा र स्थानिय नेतृत्व असारे बिकासको कमिशन असुलीमा व्यस्त छ। जनताहरुको जीबन भोग,रोग र गरीबीबाट मुक्त हुन सकेको छैन।जनताका समस्याहरु दैनिक रुपमा बिकराल बन्दै गईरहेका छन्।
शान्ति र समृदिको आशा विपरित सरकारी नेकपाको गतिबिधिहरु अगाडी वढीरहेका छन्। देशमा सवैभन्दा वढी भ्ररस्टाचार,कालाबजारी,महङी बल’त्कार,ह’त्या र आत्महत्याका घटनाहरु भएका छन्। सामाजिक दलाल सरकार कोरोना नियन्त्रण,भ्रस्टाचार र बेरोजगारी लगायतका देश र जनताका समस्याहरु समाधान गर्न पुर्ण रुपमा असफल भएको छ। जनताको असन्तोष वढ्दै गईरहेको छ।सरकारका जनविरोधी गतिबबिधिहरुबाट यो सरकारले श्रमजीबी वर्गको हितमा काम गर्न नसक्ने कुरा पुस्टि भएको छ। यो राज्य व्यवस्थाबाट जनताको मुक्ति सम्भव छैन। स्वाधिन नेपाल र स्वाभीमानी नेपालीका लागि बैज्ञानिक समाजबाद आवश्यक छ। अत नेपाली जनताहरुको सम्पुर्ण समस्याको समाधान समाजबादले मात्र गर्न सक्दछ।समाजबादी व्यवस्थाको लागि एकिकृत जनक्रा”न्तिको यात्रामा अघि वढौँ।
कलम बिश्वकर्मा(दिपेन्द्र)नेकपा,दैलेखका इन्चार्ज हुन ।